
धादिङ असोज १५ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौंदी निवासी पूर्व शिक्षक श्रीराम थपलियाको स्वर्गिय छोरी रवि थपलियाको सम्झनामा चन्द्रोदय मावि बिशालटारमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रज्योती बालक्लबको सकृयता र चन्द्रोदय मावि बिशालटारको आयोजनामा रवि स्मृति प्रतिष्ठानको आर्थिक प्रायोजनमा उक्त आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको शिक्षक मिश्र शाक्याले धादिङपोष्टलाई बताए ।
बेनिघाट रोराङ गापा वडा नम्बर ५ स्तरीय आधारभूत तह (कक्षा१-३) हाजिरी जवाफ प्रतियोगितामा ६ वटा विद्यालयहरुको सहभागी रहेको थियो । जसमा जनचेतना आधारभूत तह ग्याजा, वसन्त आधारभूत तह सुयलभन्जाङ, चन्द्रोदय मावि बेनिघाट, चन्द्रोदय मावि बिशालटार, जनगाउ आधारभूत तह जनगाउ र बेनि शिक्षा सदन बेनिघाटबाट ३-३ जना विद्यार्थीको सहभागी थिए ।
प्रतियोगितामा ६८ अंक सहित चन्द्राेदय मावि बिशालटारका बिद्यार्थीहरु देवांश घलान, प्रबिष्टि र पाैडेल श्रीयाेग सिल्वाल प्रथम, ४४ अंक सहित बेनि शिक्षा सदन बेनिघाटका बिद्यार्थीहरु प्रवत कडेल, जेनिफर र आशिया मिंया द्धितिय, ३३ अंक सहित चन्द्रोदय मावि बेनिघाटका बिद्यार्थीहरु समंय पाैडेल, कुनाल श्रेष्ठ, अप्सरा खातुन तृतीय र ३३ अंक सहित बसन्त आवि सुयलभज्याङका बिद्यार्थीहरु अनमाेल घले , कस्विरा घले र रश्मि बिक पुरस्कृत भएका थिए ।
