
धादिङ गजुरी, असोज १३ । नेकपा एकीकृत समाजवादी गजुरी वडा नम्बर४ को अध्यक्षमा हर्क चेपाङ चयन भएका छन् ।
नेता चुडामणिा कंडेलको प्रमुख आतिथ्यता र गजुरी गाउँपालिका उप प्रमुख सीता ढुंगानाको विशेष आतिथ्यतामा मंगलबार सम्पन्न अगुवा कार्यकर्ता भेलाबाट चेपाङको अध्यक्षतामा २३ सदस्य वडा समिति गठन गरिएको नेकपा (एस) धादिङले जनाएको छ । भेलाले कृष्ण तामाङको संयोजकमा २१ सदस्य युवा संघमा गजुरी ४ समेत गठन गरेको छ ।