धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

Avatar photo
Dhadingpost
अशोज ८, २०७८

धादिङ असोज ८ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले शनिबार सल्यान्टार, खहरे, देलुङ, सल्यान्कोट, सातदोबाटो, बुढाथुम, बसेरी, फुलखर्क, गुम्दि, चैनपुर, छेलाङ, साँदभञ्ज्याङ, खरी, माछाखोला, आरुघाट, सोती, आर्खेत, सल्ले कटुञ्जेबजार, मार्पाक लपाङफेदी, अचनेटार लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरण धादिङ शाखाले सूचना जारी गर्दै नीलकण्ठ ४ रायटारमा धादिङबेशी देखी सल्यान्टारसम्मको लाईनको तार झोलिएकोले पोल थप गरी सुधार गर्न लागिएकोले शनिबार ७ः३० बजेदेखी दिउँसो १ बजेसम्म सटडाउन हुने जनाएको हो ।