
धादिङ भदौ २४ । नेपाली कांग्रेस धादिङले आज वीपीको फोटोमा पुष्पगुच्छा चढाएर१०३ औँ वीपी जन्मजयन्ती मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको फोटोमा पुष्पगच्छा अर्पण गर्न धादिङका कांग्रेस कार्यकर्ताहरुधादिङबेसी स्थित पार्टी कार्यालयमा आएका थिए ।
पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।
कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।
विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।