धादिङ भदौ २४ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत जिल्ला अस्पताल धादिङलाई शव वाहन प्राप्त भएको छ ।
प्रदेश सरकारले धादिङ अस्पताललाई उपलब्ध गराएको बागमती प्रदेश ०३००१ झ ००९२ नम्बरको शव वाहन बुधबार साँझ धादिङ अस्पताल आईपुगेको सूचना अधिकारी विक्रम वि.क. ले बताए । धादिङ जिल्लामा एउटा पनि शव वाहन नहुँदा शव बोक्न पनि एम्बुलेन्स नै प्रयोग गरिदै आएको थियो ।