
धादिङ भाद्र २३ । धादिङका टोल-टोलमा दैनिक जसो स्थानीय स्तरमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध प्रदर्शन हुन थालेका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवा तत्काल एमसीसी पास गराउने तयारीमा लागे सँगै देशभर विरोध प्रदर्शन सुरुभए छ । यो सँगै धादिङमा पनि विरोध प्रदर्शन सुरुभएको हो । बुधबार मलेखुमा पनि जनस्तरबाट एमसीसी विरुद्ध प्रदर्शन भएको स्थानीय रामहरि थापाले धादिङपोष्टलाई बताए ।
थापाका अनुसार, मलेखुका स्थानीयहरुले माछाबजार पुलचोकमा ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लेखिएको प्लेकार्ड सहित भेला भई एमसीसी विरुद्ध प्रदर्शन गरेका थिए ।

