गोपीकृष्ण भण्डारीद्वारा नीलकण्ठ ३ को सभापतिमा उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
बुधबार, भदौ १६, २०७८

धादिङ भाद्र १६ । नेपाली कांग्रेस धादिङको वडा अधिवेशन नजिकिदै गर्दा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को सभापतिमा युवा नेता गोपीकृष्ण भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । धादिङपोष्ट सँग कुरा गर्दै भण्डारी भन्दछन्, मेरो उम्मेदवारी वडा सभापतिमा रहन्छ क्रियाशिल सदस्यहरु सँग भोट माग्न सुरु गरि सकें ।

धादिङबेसी सदरमुकाम रहेको वडा नम्बर ३ काँग्रेसको सबै भन्दा बढी क्रियाशिल सदस्यता भएको वडा हो । यहि वडाबाट गोपीकृष्ण भण्डारीले स्थानीय तहको निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित भएका थिए । नीलकण्ठमा सबै भन्दा बढी ७६२ जना कृयाशिल सदस्यता रहेको छ भने कममा ४२ जना सम्म क्रियाशिल सदस्य रहेको जिल्ला कमिटी सदस्य नवराज तिमल्सिनाले बताए ।

वडा देखि नै प्रष्ट दुई प्यानल देखिएको काँग्रेसमा एउटा पार्टी सभापति देउवा निकट प्यालन र अर्को रामचन्द्र पौडेल नकिट प्यानलले वडा देखि नै आफ्नो गतिविधि गरि रहेका छन् । देउवा निकट प्यनलबाट पूर्व मन्त्री दिलमान पाख्रिन, भिम ढुङ्गाना लगायतले नेतृत्व गरेका छन् भने रामचन्द्र पौडेल प्यानलमा रामनाथ अधिकारी, रमेश धमलाले नेतृत्व गरेका छन् ।