
धादिङ भाद्र ४ । कोरोना संक्रमणको महामारीका कारण भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसकिरहेको अवस्थामा पनि अतिरिक्त क्रियाकलाप अन्तरगत नीलकण्ठ माविले अनलाइनको मार्फत नै कक्षा ९ र १० मा अध्ययनत विधार्थीबीच स्लाइड प्रेजेन्टेसन र ६ ,७ र ८ का विधार्थीहरुको लागि हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
अतिरिक्त क्रियाकलाप संयोजक चेत नारायण श्रेष्ठ को संयोजकत्व मा संचालन भएको उक्त कार्यक्रममा विद्यार्थीले अनलाइन को मर्फत ICT in Education in the Present Context : Opportunity and Challenges विषयमा अङ्ग्रेजी माध्यम बाट Slide Presentation Competition आ-आफ्नो प्रस्तुति दिएका थिए जसमा प्रथम स्थान सुवास रिजाल ( कक्षा १० ), द्वितीय स्थान रित्मा जैसवाल ( कक्षा ९ ) र तृतीय स्थान पूजा रिजाल(कक्षा ९ ) ले हासिल गरेका थिए ।
साथै आधारभुत तह (६-८) अन्तर्गत भएको अनलाइन हाजिरी जबाफ प्रतियोगिता अन्तर्गत कक्षा ६ का सिशान्त पाण्डे प्रथम कक्षा ६ का कृतिका दाहाल द्वितिय र कक्षा ६ बाट नै सदिक्षा लुइटेल ले तृतीय स्थान हासिल गरेका थिए ।