
धादिङ भाद्र ४ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले आज एक सूचना जारी गर्दै भोली (शनिबार) दिनभर बत्ती नआउने जनाएको छ ।
सूचनामा भनिएको छ, शनिबार देवीघाट पावर हाउसबाट धादिङ आएको ३३ के. भि प्रशारण लाईन बिहान ७ बजे देखि ४ बजे सम्म सट्डाउन हुनेछ ।
धादिङको ३३/११ जहरे धादिङबेशी र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण ११ के।भी फिडरहरु बन्द हुने भएकाले थाक्रे, गल्छी,गजुरी, बेनिघाट रोराङ, सिद्धलेक, ज्वालामुखी, नीलकण्ठ, नेत्रावती डवजोङ, त्रिपुरासुन्दरी, गंगाजमुना र आरुघाट लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ ।