धादिङमा हुने क्रिकेट प्रतियोगिता हेर्न इच्छुक छु –पारस खड्का (भिडियो समेत)

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३, २०७८

धादिङ भाद्र ३ । बाह्र वर्ष राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरेका पारस खड्कालाई नेपालको सबैभन्दा सफल कप्तान लिईन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए सँगै उनले “दुई दशक मैदान भित्र लडेँ, अबको दिनमा मेरो लडाइँ क्रिकेटको व्यवस्थापनमा भूमिका खेल्नको लागि हुने।” बताएका छन् ।

उनै नेपाली क्रिकेटमा नायक पारस खड्काले धादिङमा हुने क्रिकेट प्रतियोगिता हेर्न ईच्छुक रहेको बताएका छन् । काठमाडौं सँग नजिक रहेको धादिङको सिमानाका दुई जिल्लाहरु नुवाकोट र चितवनका क्रिकेट संघ गठन भई क्रिकेटका गतिविधि हुँदै आएका छन् ।

धादिङमा अहिले सम्म क्रिेकट संघ गठन प्रक्रिया अगाडी बढ्न नसकि रहेको अवस्थामा पूर्व कप्तान खड्काले धादिङमा हुने खेल हेर्न आउन इच्छा व्यक्त गरिनुलाई धादिङका क्रिकेट खेलाडीहरुले महत्वपूर्ण रुपमा लिएका छन् ।