ससाहमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, भदौ २, २०७८

धादिङ भाद्र २ । धादिङबेसी मलेखु सडकखण्ड अन्तरगत ससाह ससाह भदुवारमा बसले मोटरसाइकल ठक्कर दिँदा एक जना महिलाका मृत्यु भएको छ ।

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर्टेग गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकलमा सवार नीलकण्ठ(३ रिजालथोकका ३५ सुशीला भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेको केहिबेरमै उनको मृत्यु भएको धादिङ अस्पतालले घोषणा गरेको थियो ।