
धादिङ साउन १६ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्, भने यहि अवधिमा २८ जना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितमा नीलकण्ठमा ३, गजुरीमा २, ज्वालामुखीमा २, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ९ र धादिङ्ग हस्पिटलमा ७ गरी २८ जना छन् ।
यो संगै धादिङमा कोरोनाको सक्रिय केस ४५३ पुगेको छ । जिल्ला हस्पिटल आईशोलेसनमा १३, संस्थागत आईशोलेसनमा ४ र होम आईशोलेसनमा ४३६ रहेका छन् ।
धादिङ हस्पिटलमा ३८ स्वाब संकलन भएको छ । ८७ एनटीजेन परिक्षण मध्ये २८ पोजिटिभ आएको छ ।
आज देशभरका प्रयोगशालाबाट ९ हजार २६३ जनाको पीसीआर गर्दा २२ सय ८० जना र ४ हजार २५६ जनाको एन्टिजेन परिक्षणमा ८२६ गरी कुल ३ हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै ३ हजार ६११ संक्रमित थपिएका थिए । यो सँगै हालसम्म कोरोना संक्रमितको हुनेको संख्या ७ लाख ५६ हजार ७३९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १९ सय १६ जना निको भएसँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या ६ लाख ५४ हजार १७७ पुगेको छ ।