धादिङबेसीमा रक्तदान गर्दै रक्तसंचार स्थापना दिवस मनाईयो

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १२, २०७८

धादिङ साउन १२ । धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गर्दै ५५ औं रक्तसंचार स्थापना दिवस मनाईएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले रक्तसंचार स्थापना दिवस को अवसरामा आयोजनामागरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेमा ४ जना महिला र १३ जना पुरुष गरी जम्मा १७ जना थिए ।

धादिङ जिल्लामा ०७७ साउन देखि ०७८ असार सम्म २ हजार ७६६ पिन्ट रगत सङ्कलन भएको रक्त संचारकेन्द्र धादिङले जनाएको छ ।

यस अवधिमा जिल्लाका विभिन्न ३० ठाउँहरुमा रक्तदान कार्यक्रम भएको र जसमा ६६९ जना महिला र २ हजार ९७ जना पुरुष गरी कुल २ हजार ७६६ स्वयमसेवी रक्तदाताले रक्तदान गरेका थिए ।