धादिङमा एक वर्षको अवधिमा २ हजार ७६६ पिन्ट रगत सङ्कलन (पूर्ण विवरण समेत)

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १२, २०७८

धादिङ साउन १२ । धादिङ जिल्लामा ०७७ साउन देखि ०७८ असार सम्म २ हजार ७६६ पिन्ट रगत सङ्कलन भएको रक्त संचारकेन्द्र धादिङले जनाएको छ ।

यस अवधिमा जिल्लाका विभिन्न ३० ठाउँहरुमा रक्तदान कार्यक्रम भएको र जसमा ६६९ जना महिला र २ हजार ९७ जना पुरुष गरी कुल २ हजार ७६६ स्वयमसेवी रक्तदाताले रक्तदान गरेका थिए ।

कहाँ कहाँ भएको थियो रक्तदान विवरण

  • नेपाल रेडक्रस सोसाइटी, धुनीबेशी उपशाखा धुनीबेशी, नगरपालिका–२८२ पिन्ट
  • नेपाली कांग्रेस, ज्वालामुखी कार्य समिति धादिङ–२१८ पिन्ट
  • टोल सुधार महासमिति धादिङ,नी.न.पा– १४४ पिन्ट
  • नेपाल रेडक्रस सोसाइटी,धादिङ जिल्ला शाखा–११४ पिन्ट
  • जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.बेनीघाट –११० पिन्ट
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा धादिङ),नी.न.पा.३ – १०६ पिन्ट
  • नेपाल रेडक्रस सोसाइटी,नलाङ उपशाखा –१०५ पिन्ट
  • पशुपति माध्यमिक विद्यालय (२०५८ एस.एल.सी व्याज)नी.न.पा.१२ –१०३ पिन्ट
  • एकिकृत सामुदायिक विकास अभियान नेपाल,रेडियो धादिङ,नी.न.पा –९९ पिन्ट
  • शिवज्योति महिला साकोस,नी.न.पा.३ – ९३ पिन्ट
  • नेपाल रेडक्रस सोसाइटी ,पिडा उपशाखा –९० पिन्ट
  • नेपाल रेडक्रस सोसाइटी ,नीलकण्ठ उपशाखा –८४ पिन्ट
  • विशालबजार ब्याडमिन्टन क्लब,सल्यानटार त्रिपुरासुन्दरी –८२ पिन्ट
  • नेपाल रेडक्रस सोसाइटी ,मैदी उपशाखा –७९ पिन्ट
  • वाईसिएल नेपाल धादिङ,नी.न.पा.३ –७९ पिन्ट
  • नेपाल रेडक्रस सोसाईटी दार्खा धादिङ, –७८ पिन्ट
  • युवा रेडक्रस सर्कल,आर्दश मा.वि.गजुरी –७८ पिन्ट
  • रुद्रेश्वर आमा समुह,गजुरी, –७५ पिन्ट
  • मिलिजुली महिला साकोस धादिङ,थाक्रे –७३ पिन्ट
  • सहरा महिला बचत तथा ऋण सहकारी संस्था लि –७२ पिन्ट
  • नेपाल रेडक्रस सोसाईटी, केवलपुर उपशाखा –७० पिन्ट
  • ने.रे.सो.युवा रेडक्रस सर्कल,नीलकण्ठ मा.वि –७० पिन्ट
  • प्रभु बैँक गजुरी शाखा –६२ पिन्ट
  • नेपाल रेडक्रस सोसाईटी,धुषा उपशाखा –५९ पिन्ट
  • हिमाल साकोस धादिङ,नी.न.पा –४६ पिन्ट
  • श्रोत परिचालन साकोस धादिङ,नी.न.पा –४० पिन्ट
  • नेपाल रेडक्रस सोसाईटी ,बेनीघाट उपशाखा –३६ पिन्ट
  • नारी नागरण केन्द्र,नी.न.पा –२९ पिन्ट
  • नेपाल रेडक्रस सासाईटी, किरान्चोक उपशाखा –२६ पिन्ट
  • आकस्मिक रक्तदान कार्यक्रम –नियमित) रक्त संचार सेवा केन्द्र धादिङ–१६५ पिन्ट