चरौंदीको ओम किराना स्टोरबाट २२ किसिमका म्याद गुज्रिएका सामग्री जफत

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १२, २०७८

धादिङ साउन १२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा रहेको ओम किराना स्टोरबाट २२ किसिमका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ ।

जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको बजार अनुगमन टोलीले उक्त किराना स्टोरबाट २२ किसिमको म्याद गुज्रिएका सामग्री जफत गरेको हो ।

अनुगमन टोलीले उक्त पसललाई १० हजार जरिवाना गरेको छ ।

जरिवाना गर्नुको कारणहरु

  • २२ किसिमका म्याद गुज्रिएका सामग्रीहरु (५३ पाकेट क्विक्स चिजबल, २४० पाकेट जीमजाम र ६० पाकेट हट्के झट्के, ओडोनिल, क्लिनिक अल क्लियर तेल, पेप्सोडेन्ट, तिल दाना, दन्तक्रान्ति, प्रिन्गल्स, डिटोल लिक्विड, फाइभस्टार चकलेट, मोर्टेन लिक्विड, गुडनाईट लिक्विड, लेज, 20-20 बिस्कुट, डेरी मिल्क, ड्यु सानो, ड्यु ठूलो, स्प्राइट, फेन्टा, एडकेयर चकलेट, मिन्टोस, टोपिचो चकलेट, फ्रेसो) पसलमा बेचविखनको लािग राखिएको
  • मूल्यसूची नभएको,
  • पसल सरसफाइमा हेलचेक्रयाँइ गरेको,
  • बिल बिजक नभएको ।
  • बेनिघाट रोराङको चरौदीमा रहेको जेनिशा किराना स्टोरलाई रु. १० हजार नगद जरिवाना गरिएको छ ।
  • अनुमति नलिएर सूर्ति, चुरोट र मदिरा बिक्री गरेको,
  • मूल्यसूची समेत नराखेको ।