
धादिङ साउन १० । धादिङमा साउन ८ र ९ गते दुई दिन सम्म संचालन भएको कोरोना विरुद्धको खोप अभियनको क्रममा १६ हजार ९ जनाले अमेरिकन‘janssen vaccine’ लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार यस दुई दिनमा ७ हजार ९१९ जना महिलाले र ८ हजार ०९० जना पुरुष गरि १६ हजार ९ जनाले जिल्लाका विभिन्न खोपकेन्द्रबाट ‘janssen vaccine’ लगाएका हुन् ।
सबै भन्दा बढी नीलकण्ठ नगरपालिकामा ३ हजार ७३६ जनाले र सबैभन्दा कम रुवीभ्याली गाउँपालिमा ४८५ जनाले यो खोप लगाएका छन् ।
साउन ८ गते नीलकण्ठ नगरपालिका स्थित सुनौलाबजारमा खोप लगाएको ४० मिनेट मै एक बृद्धाको मृत्यु भएपछि ९ गतेको खोप अभियान समेत प्रभावित हुँदा खोपलगाउनेको संख्यामा कमी आएको देखिन्छ ।
धादिङको आधारभुत स्वास्थ्य केन्द्र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थिति रिजालडाडामा खोप स्थगित गरिएको वडा अध्यक्ष बाबुराम लम्सालले जानकारी दिए ।
यस अघि धादिङमा साउन ४ र ५ गते कोरोना विरुद्धको भेरोसिल खोप १८ हजार ८५१ जनाले लगाएका थिए ।
धादिङमा कहाँ कतिले लगाए ‘janssen vaccine’
