
धादिङ साउन ६ । धादिङका ६६ खोप केन्द्रबाट साउन ४ र ५ गते दुई दिनमा १८ हजार ८५१ जनाले कोरोना विरुद्धको vero cell खोप लगाएका छन् ।
दुई दिनमा vero cell खोप ५५ वर्ष माथिका र एक पटक पनि खोप नलगाएका सबै नागरिकलाई, शिक्षक तथा कर्मचारी, सार्व जनिक यातायातमा कार्यरत चालक सहचालक, खोप लगाउन बाँकी सरकारी कर्मंचारी, विदेश जाने नागरिकहरुलाई उक्त खोप लगाईएको स्वास्थ्य कायाएलय धादिङले जनाएको छ ।
साउन ४ गते ४ हजार ५३ महिला र ४ हजार ७९० गरी ९ हजार ३६३ जनाले जिल्लाका विभिन्न ६४ खोप केन्द्रबाट vero cell खोप लगाएका थिए भने साउन ५ गते ६६ खोप केन्द्रबाट ४ हजार ६०४ महिला र ४ हजार ८८४ पुरुष गरि ९ हजार ४८८ जनाले vero cell खोप लगाएका छन् ।
सबै भन्दा बढी नीलकण्ठ नगरपालिकामा २ हजार १४२ महिला र२ हजार ०१८ जना पुरुष गरी ४ हजार १६० जनाले खोप लगाएका छन् भने सबै भन्दा कम रुबीभ्याली गाउँपालिकामा २२० जना महिला र १८८ जना पुरुषले खोप लगाएका छन् ।
अब साउन ८ र ९ गते लगाईने janssen खोप ५० देखि ५४ वर्ष सम्मका पहिलो डोज खोप लगाउन बाँकी सबै नागरिकलाई, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई, नेपालमा बस्ने शरणार्थीलाई खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ ।
