धादिङबेसीमा ४ विद्यार्थी गठबन्धनले आज साँझ विरोध प्रदर्शन गर्ने

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७८

धादिङ असार १९ । प्रतिनीधि सभा विघटनको विरुद्धमा धादिङका ४ विद्यार्थी संगठनहरुले धादिङबेसीमा आज साँझ विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

नेपाली काँग्रेस निकट नेवि संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले (नेपाल समुह) निकट अनेरास्ववियु, जसपा निटक राष्ट्रिय विद्यार्थी संघ गठबन्धनले आज साँझ राष्ट्रपति र प्रधान मन्त्रीले चालेको पछिल्लो कदमका विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् ।