
धादिङ असार १० । जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला घरेलु कार्यालय धादिङको संयुक्त बजार अनुगमन टोलीले मलेखुको उमा कोल्ड स्टोर र गजुरीको सिमोन किराना स्टोरलाई कार्वाही स्वरुप नगद जरिवाना गराएको छ ।
म्याद गुज्रियको समान पसलमा राखेको, खुद्रा भनेर होलसेल विक्रि गरेकोले मलेखुको उमा कोल्ड स्टोरलाई नगद १० हजार र म्याद गुज्रियको समान बरामद गर्दै गजुरीको सिमोन किराना स्टोरलाई नगद ५ हजार टोलीले जरिवाना गराएको हो ।
बिहिबार किराना, खाद्य स्टोर, होटल तथा खाजाघर, चाउमिन उद्योग, कस्मेटिक पसल, बेकरी सप गरी ४ ओटा स्थानीय तहका २९ ओटा फर्महरुबाट ठूलो संख्यामा म्याद गुज्रिएका सामग्री जफत गरिएको जिल्ला प्रशाशनले जनाएको छ ।