धादिङमा अझै ८७१ सक्रिय केस, आज थपिए १३७ जना संक्रमित, ४ जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, असार ८, २०७८

धादिङ असार ८ । धादिङ जिल्लामा अझै ७९१ जना संक्रमित सक्रिय केस रहेको छ भने पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १३७ जना संक्रमितहरु थप भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आज थप भएका संक्रमितहरुमा नीलकण्ठमा ८९, धुनीबेसीमा १, गजुरीमा ७, बेनिघाट रोराङमा १, ज्वालामुखीमा १०, गंगाजमुनामा १, गल्छीमा २, त्रिपुरासुन्दरीमा ५, खनीयावासमा ११, धादिङ हस्पिटलमा ५र जिल्ला बाहिर ५ गरी १३७ जना छनु ।

यहि अवधिमा बेनीघाट रोराङमा ५९ वर्षिय पुरुष, गंगाजमुनामा ३३, ५० र ३८ वर्षिय पुरुषको मृत्यु सँगै धादिङमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

आजै ९१जना कोरोना निको हुँदै आइशोलेसनबाट डिस्चार्ज भएका छन् । हाल जिल्ला भित्र ७९१ र जिल्ला बाहिर ८० गरेर धादिङको सक्रिय केश ८७१ पुगेको छ ।

जिल्ला भित्र हस्पिटल आइशोलेसनमा १२, संस्थागत आइशोलेसनमा ३१ र होम आइशोलेसनमा ७४८ रहेका छन्। जिल्ला बाहिर हस्पिटल आइशोलेसनमा २३ र होम आइशोलेसनमा ५७ रहेका छन् ।

आज स्वाब संकलन भएको छैन । ९५ एनटीजेन परिक्षण मध्ये ३३ पोजिटिभ आएको छ ।