धादिङमा निषेधाज्ञा खुकुलो पारियो, बजार दिउँसो १ बजे सम्म खुल्ने

Avatar photo
Dhadingpost
मङ्लबार, असार ८, २०७८

धादिङ असार ८ । धादिङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निशेष आदेश (निषेधाज्ञ) बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म पसल व्यवसाय संचालन गर्न दिने गरि खुकुलो परिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति धादिङको मंगबार बसेको वैठकले जारि निषेधाज्ञालाई असार १५ गते सम्म लम्ब्याउने तर दिउँसो १ बजे सम्म तोकिएको केहि व्यवसाय बाहेकका पसल व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

वैठकले होटेल रेष्टुरेन्ट, स्वीमिङ पुल, हाटबजार, फुटसल, जिमखाना, फिटनेस सेन्टर, सैलुन, ब्युटीपार्लर बजे संचालन गर्न नपाउने निर्णय गरेको छ ।

बैठकका निर्णयहरु

जिल्ला प्रशासनको सूचना