
धादिङ जेष्ठ २४ । धादिङ उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकामा कोरोना संक्रमणको कारण गएराती एक जना पुरुषको मृत्यु भएको छ ।
रुबीभ्याली गाउँपालिका ५ स्थित लापा स्वास्थ्य चौकीमा लापा ठूलो गाँउ निवासी ४० वर्षिय १ जना पुषको मृत्यु भएको लापा स्वास्थ्य चौकीले जनाएको हो ।
यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।