
धादिङ जेष्ठ २३ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ मा खाद्यान्न संकटमा रहेका चेपाङ समुदायलाई गाउँपालिकाले खाद्यान्न वितरण गर्ने भएको छ ।
गाउँपालिकाका प्रमुख प्रकाशकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले लकडाउनका कारण मजदुरी समेत गर्न नसकि वडा नम्बर ८ मा बसोबास गर्दै आएका केहि चेपाङ परिवारमा खाद्यान्न संकट भएकोले पहिलो चरणमा ४५ क्वीन्टल चामल वितरण गर्न लागेको बताउनु भयो ।
गाउँपालिकाले आफ्नो पालिका भित्रका कोही नागरिक भोको नहुन भन्ने हेतुले काम गरि रहेको बताउँदै भट्टराईले आफुखुसी राहात लिएर नजान र गाउँपालिकाको एकद्वारा प्रणाली अवलम्बन गर्दै अनुमति लिएर मात्र राहत वितरण गर्न सुचना जारी गरिएको समेत बताउनु भयो ।
