धादिङका चेपाङहरुकाे खाद्यान्न संकट टार्न युवाकाे अभियान

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २२, २०७८

धादिङ जेष्ठ २२ । धादिङको बेनीघाट राेराङ गाउँपालिकाका स्थानीय युवाहरुले चेपाङ समुदायमा देखिएकाे खाद्यान्न संकटलाई न्युनिकरण गर्न खाद्यान्न संकलन सुरु गरेका छन् । विशेषत अहिले बेनीघाट राेराङ ८ का चेपाङ बस्तीमा खाद्यान्न संकट भएकाे छ । हामी राहात संकलन गर्दै उक्त वस्तीमा पुर्‍याउदै गर्ने अभियानमा छाै स्थानीय अगुवा विवेक थपलियाले धादिङपाेष्टलाई बताउनु भयाे । थपलियाका अनुसार अहिले सम्म यस अभियानका लागि बेनिघाट रोराङ ८ पालिका अध्यक्ष हरि डल्लाकोटिद्वारा व्यक्तिगत ३० बोरा चामल, बिबेक थपलिया १० बोरा चामल, कुमार बस्नेत १० बोरा चामल, राज कुमार श्रेष्ठ १० बोरा चामल, पबन थपलिया १० बोरा चामल, टिका थपलिया १० बोरा चामल, सन्तोस बस्नेत १० बोरा चामल, दिनेश बस्नेत १० बोरा चामल, खेम भुजेल ७ बोरा चामल, धुर्ब पान्डे ७ बोरा चामल, बिष्णु थपलिया ५ बोरा चामल राजकुमार थपलिया ५ बोरा चामल, अम्बर गुरुङ १० बाेरा चामल र विकास चेपाङद्वारा १० बोरा चामल प्राप्त भएकाे छ । थपलियाले यस अभियानका लागि देश तथा विदेशमा रहनुहुने समाज सेवी संस्था एवम् व्यक्तिलाई पनि सहयाेग गर्न अपिल गर्दै सम्पर्कका लागि थपलियाले निम्न नम्बर दिएका छन् । 9851169958, 9818 345453, 9818255545 तस्वीर: स्रोत शंकर श्रेष्ठ