
धादिङ जेष्ठ १५ । हुरी बताससँगै चट्याङको कारण एक महिना अघि विग्रिएको टेलिफोन टावर नबन्दा लापा संचार विच्छेदको अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
रुबीभ्यालि गाउँपालिका वडा नं ५ लापाको देजोम डाँडामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आए महिना दिन विति सक्दा पनि मर्मतका लागि टेलिकमले चासो नदेखाए सँगै लापा संचार विच्छेदको अवस्थामा आएको हो ।
टावर मर्मतको लागि पटक पटक दुरसंचार प्राधिकरण धादिङ शाखामा जानकारी गराउँदा मर्मतका लागि केन्द्रबाट खबर नआएको उत्तर आउने र केन्द्रमा १४९८ मा फोन गर्दा धादिङ शाखाले हेर्छ भन्ने जवाफ आउने गरेको वडा अध्यक्ष धिरज तामाङ बताउँछन् ।
टेलिफोन टावर विग्रँदा हाल रुबीभ्यालि गाउँपालिकाको सबै वडा र खनियाबास गापा वडा नं १ र २ पुर्णरुपमा सम्पर्क बिच्छेद जस्तै अवस्थामा रहेको छ ।
तस्वीर: सुक लामा