सुनौलाबजार मैदानमा जीप दुर्घटना ४ जना घाईते

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७८

धादिङ जेष्ठ १२ । नीलकण्ठ नगरपालिकाको सुनौलाबजारबाट रिजालथोक जाँदै गरेको बोलेरो सुनौबजार स्थित मैदानमा जीप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

बुधबार दिउँसो करिब ३ बजे सुनौला बजारबाट रिजालथोक तर्फ जाँदै गरेको ग १ च ५१२४ नम्बरको बोलेरो सडकबाट २ मिटर तल खसेर दुर्घटना हुँदा ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते हुनेमा निलकण्ठ नगरपालिका–४ बस्ने ७३ वर्षिय कुलबहादुर मल्ल, ३३ वर्षिय सकुनतला शाही, २३ वर्षिय सुजता मल्ल र बोलेरो चालक ३८ वर्षिय शम्भुनाथ रिजाल छन् ।

तस्वीरः भिमसेन श्रेष्ठ