पत्रकार महासंघ धादिङद्वारा ५ शैयाको आईशोलेसन संचालन

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७८

धादिङ जेष्ठ १२ । नेपाल पत्रकार महासंघ धादिङले कोरोना संक्रमित पत्रकारहरुका लागि लक्ष्यित गरि ५ शैयाको आईशोलसन संचादनमा ल्याएको छ ।

भाडामा एउटै कोठामा २ जना वा सो भन्दा बढि बस्ने पत्रकारहरुमा कोभिड पोजिटिभ देखियो भने आइसोलेट भएर बस्न सहजकता होस् भनेर आजबाट पत्रकारका लागि ५ बेडको आईशोलेसन संचालनमा ल्याईएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजारम शर्माले बताए ।

धादिङमा हाल सम्म १३ जना पत्रकारलाई कोरोना संक्रमण

सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले एक जना स्वास्थ्यकर्मी मार्फत सेवा दिंदैछ भने मनोपरामर्श सहयात्री समाजबाट हुन्छ । गाह्रो अप्ठेरोभएपछि नजिकै रहेको अस्थाइ कोभिड १९ अस्पताल र धादिङ अस्पतालबाट सेवा दिनेगरि व्यवस्था गरिएको छ । अत्यावश्यक पर्दा अक्सिजनको व्यवस्था पनि गरिएको अध्यक्ष शर्माले जानकारी दिनु भयो ।

धादिङमा अहिले सम्म १३ जना पत्रकार कोरोना संक्रमण भैसकेको छ यस मध्य ३ जना अहिले पनि आईशोलेसनमा रहेका छन् ।

तस्वीर सौजन्यः राजाराम शर्मा