धादिङमा हाल सम्म १३ जना पत्रकारलाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । धादिङमा फेलिएको कोरोनाको उच्च जोखिमबाट धदिङका पत्रकारहरु हाल सम्म १३ जना संक्रमित भैसकेका छन् । गत वर्ष कोरानाबाट ४ जना र अहिले फैलिएको दोस्रो भेरियन्टमा ९ जना गरी १३ जना पत्रकारहरु संक्रमित भएको पत्रकार महासंघ धादिङ शाखाले जनाएको छ ।

पछिल्लो चरणमा संक्रमित ३ जना पत्रकारहरु मध्ये हाल १ जना काठमाडौंमा उपचारत छन् भने, अन्य २ जना धादिङ मै होम आईशोलेसनमा छन् ।

गत वर्ष कोरोना संक्रमित हुँदा कान्तिपुर टीभीका पत्रकार पोषनाथ अधिकारीले आफु संक्रमित भएको र आफु सँग सम्पर्कमा रहनु भएका साथीहरुलाई होसियारी रहन सामाजिक संजालबाट आव्हान गरेका थिए भने कोरोनाको दास्रो भेरियन्टबाट संक्रमित गोरखापत्र दैनिकका पत्रकार डा. मुरारी अधिकारीले पनि आफु संक्रमित भएको सामाजिक संजालबाट जानकारी गराएका थिए । अन्य पत्रकारले भने आफ्नो नाम गोप्य राखेका छन् ।

दैनिक रिपोटिङ्मा खटिने पत्रकारहरु कोरोनाबाट संक्रमणको जोखिमका रहने सम्भावनलाई मध्यनजर गर्दै पत्रकार महासंघ धादिङ दुई बेडको आईशोलेसन बनाउने बैशाख २२ गते नै निर्णय गरे पनि हाल सम्म आईशोलेसन बनाउन सकेको देखिँदैन । त्यसो त पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष सरिता श्रेष्ठले सहयोगको खोजिमा थियौं शान्ति नेपाल सँग कुरा भैरहेको छ र केहि दिन भित्रैमा २ बेडको आईशोलेसन बन्ने बताउनु भयो ।

यता अन्यत्र जिल्लाहरुमा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको जानकारीमा आएको र धादिङ पत्रकार महासंघले आवश्यक माग गरे स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गर्न तयार रहेको टुकी नेपालका अध्यक्ष एवम् समाज सेवी कमल सापकोटाले धादिङपोष्टलाई बताउनु् भयो ।