धादिङमा आज दिउँसो १ बजे भर्चुअल बैठक गर्दै ४ दल

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ११, २०७८

धादिङ जेष्ठ ११ । धादिङका चार दलले आज दिउँसो जिल्लाबाट केन्द्रमा प्रतिनीधित्व गरेका नेता देखि स्थानी तहका प्रमुख सम्मको सहभागितामा आज दिउँसो १ बजे भचुअल बैठक गर्दै आन्दोलनको मोडालिटी तय गर्ने भएका छन् ।

नेपाली कांग्रेस धादिङ, नेकपा (माओवादी केन्द्र) धादिङ, नेकपा (एमाले) धादिङ (नेपाल समुह) र जनता समाजवादी पार्टी, नेपाल धादिङले भर्चुअल बैठक गरी आन्दोलनको मोडालिटीको विषयमा छालफल गर्न लागेको हो ।

सोमबार नेपाली कांग्रेस धादिङको समन्वयमा आज नेपाली कांग्रेस धादिङको जिल्ला कार्यालय बीपी स्मृति भवन, धादिङबेसीमा सम्पन्न यी चार दलका संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक तथा प्रतिगामी कदमका विरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको थियो ।

आजको छलफलमा छलफलमा चारवटै पार्टीका जिल्लाका केन्द्रीय नेताहरू, जिल्ला नेतृत्व, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँपालिका तथा नगरपालिकाका पार्टी प्रमुखहरूको सहभागिता रहने बताईएको छ ।