धादिङमा ४ दलको बैठक, वक्तव्यजारी गर्दै सकियो, भर्चुअल बैठक भोली (विज्ञप्ती समेत)

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १०, २०७८

धादिङ जेष्ठ १० । नेपाली काँग्रेस धादिङ, माओवादी केन्द्र धादिङ, नेकपा एमाले धादिङ र जनता समाजवादी पार्टी धादिङको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालयमा सम्पन्न उक्त बैठकमा पाँच दल सहभागि हुने बताईए पनि राष्ट्रिय जनमोर्चा धादिङमा नभएको पाईएकोले ४ दलको बैठक बसेर संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरिएको बैठकमा सहभागि एक नेताले बताए ।

संघर्ष कसरी गर्ने कस्तो खालको कार्यक्रम गर्ने भन्ने विषयमा मंगलबार ४ वटै पार्टीका धादिङबाट केन्द्रमा प्रतिनीधित्व गर्ने नेताहरु, स्थानीय तहका पार्टी प्रमुखहरु सहित सहभागी भर्चअल बैठकले ठोस गर्ने नेपाली काँग्रेसका नेता बिकास श्रेष्टले धादिङपोष्टलाई बताए ।

बैठकपछि जारी वक्तव्यमा भनिएको छ, प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ । राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनैतिक अस्थिरता, अन्यौल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई सशक्त रुपमा प्रतिवाद गर्न हामी प्रतिबद्ध छौँ ।

विज्ञप्ती जस्ताको तस्तैः