धादिङबेसीको सडकमा शसस्त्र, सवारी चेक जाँचमा कडाई

Avatar photo
Dhadingpost
जेष्ठ ८, २०७८

धादिङ जेष्ठ ८ । धादिङबेसी सदरमुकामको सडकमा शसस्त्र प्रहरीले सवारी चेक जाँचलाई कडाई बनाएको छ ।

जिल्ला प्रशासनले लकडाउन कार्यान्वयनका लागि आव्हान गर्दा समेत सवारी साधनहरु बाक्लो रुपमा सडकमा देखिन थाले पछि चेकजाँच गरी नचलाउन आग्रह गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

लकडाउन उल्लङ्घन गरी चलेका सवारीको चावी नियन्त्रणमा लिएका छौं अहिले चेतावनी स्वरुप एक डेढ घण्टा चावि लिएर सवारी धनीलाई नै फिर्ता गरेका छौं अटेर गरे कानुन बमोजिम कार्वाहीको प्रक्रिया समेत अगाडी बढाउने शसस्त्र प्रहरीले जनाएको छ ।