
धादिङ जेष्ठ ३ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले धादिङको धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल सहित प्रदेश भित्रका १२ पुलको आज उद्घाटन गरेका छन् ।
गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल सहित काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोवीखोला पुल, भक्तपुरको मजुवा खोलापुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री पौडेलले भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गरेका हुन् ।