धादिङमा बुधबार थपिए ३८ जना संक्रमित, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २९, २०७८

धादिङ बैशाख २९ । धादिङमा बुधबार ३८ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
आज थपिएका कोरोना संक्रमितमा बेनिघाट रोराङ्गमा ५, रुबिभ्यालिमा ३१ र धादिङ्ग अस्पतालमा २ जना गरेर ३८ छन् ।

आजै सिद्धलेक गाउँँपालिकामा कोभिडले १ जना ४९ वर्षीय पुरुषको मृत्यु भएको छ र यो संगै जिल्लाको मृत्यु संख्या २२ पुगेको छ।

जिल्ला भित्र सक्रिय केश ५९५ र जिल्ला बाहिर सक्रिय केश २२३ गरेर धादिङ्गको कुल सक्रिय केश ८१८ पुगेको छ ।

आज नीलकण्ठ नगरपालिकामा ९६, त्रिपुरासुन्दरी गाउँपालिकामा २५, थाक्रे गाउँपालिकमा ६, गजुरी गाउँपालिकामा ६ र नेत्रावती गाउँपालिकामा ३५ गरेर १६८ स्वाब संकलन भएको छ।