धादिङमा कोरोना संक्रमणका कारण थप १ पुरुषको मृत्यु

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २९, २०७८

धादिङ बैशाख २९ । धादिङको सिद्धलेक गाउँपालिका स्थित बुङ्चुङका लोक बहादुर घलेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमण पुष्टि भए सँगै केहि दिन देखि गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत ४५ वर्षिय लोक बहादुर घलेको बुधबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको हो । घले नेपाली काँग्रेस सिद्धलेकका नेता समेत हुन् । यस संगै जिल्लाको मृत्यु संख्या २२ पुगेको छ।