धादिङ अस्पतालमा ८२ वटा अक्सिजन सिलिण्डर, १५ वटा ह्वासिन सिमेन्टले दियो

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २७, २०७८

धादिङ बैशाख २७ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा हाल ८० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मे.सु. डा. त्रिभुवन झा ले धादिङपोष्टलाई बताउनु भयो ।

जिल्ला प्रसाशनको अनुरोधमा आईतबार मात्रै ह्वासिन सिमेन्टले १५ वटा अक्सिजन सिलिण्डर अस्पताललाई पठाए सँगै अस्पतालमा अक्सिजन सिलिण्डर संख्या ८२ वटा पुगेको हो ।

जिल्ला अस्पताल कै मातहतमा रहेको ५० वेडको अस्थायी कोभिड अस्पताल र जिल्ला अस्पतलामा उक्त सिलिण्डर प्रयोग हुँदै आएको मे.सु. त्रिभुवन झाले बताउनु भयो । हाल अस्थायी कोभिड अस्पतालमा ३६ जनाले उपचार गराई रहेका छन् ।