कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा विजयी

Avatar photo
Dhadingpost
अशोज ११, २०८३

धादिङ । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा विजयी भएका छन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार भएको निर्वाचनमा लोप्पाले १४२ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गरेका छन् । निर्वाचनमा ५ मत बदर भएको जनाइएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङमा गाउँ/नगर अधिवेशनको प्रक्रिया चलिरहेको छ । ज्वालामुखीमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत सभापति चयन गरिएको हो ।