
धादिङ बैशाख २६ । धादिङ जिल्लामा आज जिल्ला भित्र ४४ जना र जिल्ला बाहिर ३७ जना गरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्ला अस्पतालमा ३१, गल्छीमा ४, गजुरीमा १, बेनिघाट रोराङ्गमा ३, रुबिभ्यालिमा ५ गरेर आज जिल्ला भित्र ४४ जना र जिल्ला बाहिरको ३७ मा कोरोना संक्रमण पुष्टि भएको हो । धादिङमा आजै १० जना कोरोना संक्रमण मुक्त भए ।
बैशाख २४ गते कोभिडको कारण गजुरीको ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो र आज निलकण्ठ नगरपालिकामा १ जना ७५ वर्षको पुरुषको मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
जिल्ला भित्रको सक्रिय केश ४८० र जिल्ला बाहिरको सक्रिय केश २०९ गरेर धादिङ्ग जिल्लाको जम्मा सक्रिय केश ६८९ पुगेको छ ।
आज निलकण्ठ नगरपालिकामा १०९, गल्छी गाउपालिकामा ४१ र गजुरी गाउपालिकामा १० गरेर जम्मा १६० स्वाब संकलन भएको छ ।
