
धादिङ बैशाख २४ । धादिङको गजुरी गाउँपालिकामा कोभिड १९ रोकथाम र उपचारको लागि २० शैयाको आइशोलेसन र ३ वटा एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका उप-प्रमुख सिता ढुङ्गानाले बताएकी छिन् ।
उप-प्रमुख ढुङ्गानाले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै कोभिड महामारी फैलँदो छ, यो बिपद सामनाको लागि अहिले हामिसगँ वडा नं. १,६ र ४ मा गरेर २० वटा आइशोलेसन बेड छ, यी सबै बेडलाई पुग्ने गरि अक्सिजन सिलिन्डरको व्यवस्था गरिँदै छ । सबै वडामा आइशोलेसन बेड केही मात्रामा भए तयारी पनि गर्दै छौं । हाललाई गाँउपालिकाकै ३ वटा एम्बुलेन्स चालू अवस्थामा रहेको उनले बताईन् ।
उप-प्रमुख ढुङ्गानाले महामारीले झन भयाबह रुप लिँदै गरेको र संक्रमितको स्वास्थ्य अवस्था जटिल भो भने यी माथिमा तयारीले केही धान्ने स्थिती छैन जिल्ला मै कुनै आइसियु वा भेन्टिलेटरले संक्रमणबाट टाढै रहन हदसम्मको सतर्कता अपनाइदिनु हुन गनुरोध गर्दै अफ्ठ्यारो परे प्रत्यक्ष सहयोगको लागि कार्यलयको सुचना 010-402063 डेक्स अर्थात सिधै सुचना अधिकृत 9851160529 लाई सम्पर्क गर्न गनुरोध गरेकी छिन् ।