
धादिङ बैशाख २३ । नेकपा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ गोर्खालीलाई मातृ शोक परेको छ ।
बेलुका सम्म केहि भएको थिएर खाना पकाएर बुबालाई खुवाएर आफुपनि खाएर सुत्नु भएको थियो राति एक्कारी केहि असहज भयो भन्दै पानी तताएर खानु भएछ । करिव १ बजे आमालाई आह्रो भयो भनेर मलाई बुबाले बोलाउनु भयो म जाँदा आमा ढली सक्नु भएको रहेछ हतार हतार एम्बुलेन्स बोलाएँ एम्बुलेन्स आई नपुग्दै आमाले धर्ती छोड्नु भयो, घटना विवरण सुनाउँदै गोर्खालीले धादिङपोष्टलाई बताउनु भयो ।
हिर्दयघात (हर्टयाट्याक्ट) कारण ५९ वार्षिय विष्णुमाया श्रेष्ठको एक्कासी मृत्युभएको हुन सक्ने बताईएको छ । उहाँको श्रीमान्, ४ छोरा र १ छोरी छन् ।