दिनभर खेतमा भेटिने यी धनी जोडी को हुन् ?

Avatar photo
Dhadingpost
बिहिबार, पुस २०, २०७४

धादिङबेसी । धादिङबेसी पुछार बजारमा परिचित अत्यन्तः परिश्रमिक जोडीको नाम हो, विष्णुमायाँ श्रेष्ठ र चेतनारायण श्रेष्ठ ।

खाना खाजा र बास बस्ने समय भन्दा अरु समय, खेतमा भेटिने विष्णूमायाँ श्रेष्ठ अहिले ६५ वर्ष पार सक्नुभएको छ, भने सामाजिक क्षेत्रमा उत्सहपूर्ण रुपमा लाग्ने तथा खेतमा पूर्ण सहयोग गर्ने उहाँको श्रीमान् चेतनारायण श्रेष्ठ ६६ वर्षको हुनुभयो ।

बिहान बेलुका खान लाउन यो जोडीलाई कुनै कामको जरुरत छैन, किनकी धादिङबेसीमा ९ रोपनी जग्गाका मालिक हुन् । जेठो छोरा अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’, धादिङ जिल्लामा परिचित नाम हो, खेलकुद क्षेत्रबाट व्यक्तित्व सुरुवात गरेका उनी नेकपा एमाले जिल्ला समिति सदस्य समेत हुन् ।

नीलकण्ठ नगरपालिकाको चुनावमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार समेत बनेका अर्जुन निर्माण व्यवसायी हुन्, उनको अहिले डोजर १,  बस १ तथा हाईस २ वटा संचालनमा छ । माइलो छोरा–बुहारी काठामाडौमा घर जम गरेर बस्छन्, रोजगारी कै शिलशिलामा साईलो छोरा–बुहारी जापानमा र कान्छो छोरा–बुहारी अष्ट्रेलियामा छन् ।

यो जोडीको परिवारमा सबै सदस्यहरु प्रगती उन्मुख छन्, सबैले कमाउन थालि सकेका छन्, काम नगर्न बसी बसी खान बाबुआमालाई आग्रह गर्दछन् तर बसेर खाँदा शरिर बिग्रन्छ शरिरलाई सन्तुलित राख्न भन्दै २ रोपनी खेतमा अहिले यो दम्पतीले सिजन अनुसार तरकारी खेती गर्ने गर्दछन् । केहि वर्ष पहिला मजदुरहरु पाईन्थ्यो ज्यालामा पनि लगाईयो अचेल मजदुर पाउन छाडे सँगै यी बुढाबुढी पुरै आफै व्यस्त रहन्छन् तरकारी खेतीका लागि ।

धादिङबेसी पुछार बजारमा भएको ९ रोपनी जग्गा मध्यः छोरा छोरी पाढाउन, छोराहरुलाई व्यवसाय गर्न ४ रोपनी जग्गा घडेरी बचेर सकेँ, करीव १.५ रोपनी जग्गा बस पार्कको लागि निशुल्क दान गरेँ अझै ४ रोपनी जग्गा छ त्यसको संरक्षणको जिम्मा हामी बुढाबुढी कै त होनी हाँस्दै चेतनारायण बताउँछन् ।

चेतनारायण भन्छन्-, बुढेसकालले समायो धेरै दुख नगर भनेको मान्दिन, रोगी छे तर डोकोमा काउली र बन्दाकोभी बेकेर हिड्छे, धेरै खट्छे मैले त सहयोग गर्ने मात्र हो । काम गरे शरीर स्वस्थ्य हुने कुरा साँचो भएको स्वीकार्दै भन्छन् हेर्नुस् त ? हाम्रो स्वास्थ्य ।

काम गरेर खानु पर्छ, छोरा छोरी अहिले पनि हाम्रो काम देखेर दंग पर्छन्, बजारमा किन काम गरेको होला बसि बसि खान पुग्ने सम्पती भाका बुढा बुढी भनेर भन्नेहरु पनि छन् तर हामीलाई बिहान र भात खएसी साँझ नपरुनजेल खेतमा काम नगरे निन्द्रा नै पर्दैन विष्णुमाय बताउँछिन् । दिनभर दुख गरेसी छोरा छोरी सँग माग्नुपनि परेन, खर्चपनि खासै केहि हुँदैन कमाइन्छ, बरु बचेको पैसा समाजसेवामा दान दिन पाउँदा खुसी छौं ।