
धादिङ बैशाख १८ । धादिङबेसी सदरमुकाममा रहेकाे धादिङ अस्पतालका १३ जना स्वास्थ्यकर्मी कर्मचारीलाई काेराेना पाेजेटिभ देखिएकाे छ । अस्पतालका सूचना अधिकारी बिक्रम बिकका अनुसार शुक्रबार स्वाब संकलन गरी RT- PCR परीक्षण गर्दा यस अस्पतालमा कार्यरत १० जना र बिहिबार गरिएकाे परिक्षणमा ३ जना गरी अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुको संख्या १३ जना पुगेको हाे । उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै अस्पतालले सबै किसिमका सेवाहरु प्रवाह गरिरहेको जानकारी दिदै उपचार तत्काल गर्नुपर्ने अति आवश्यक अवस्थामा रहेका सेवाग्राहीहरु मात्र अस्पताल आई भीड कम गराई कोभिड-१९ संक्रमणको जोखिम कम गर्नको लागि सहयोग गर्न समेत अनुराेध गरेका छन् ।