
धादिङ बैशाख १३ । धादिङको नीलकण्ठ नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगरपालिका भित्रका सम्पूर्ण शिक्षण संस्था बन्द गर्न निर्देशन गरेको छ ।
नेत्रावती डवजोङ र बेनीघाट रोराङले आजै देखि शिक्षण संस्था बन्द गराए पनि धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले भने मंगलबारबाट लागु हुने गरि विद्यालय बन्द गर्न निर्देशन गरेको हो ।
नगरपालिकाका शाखा अधिकृत तुलबहादुर महतद्वारा जारी विज्ञप्तीमा कोरोना रोकथामको लागि विद्यालय बन्द हुने तर बैशाख १५ गते देखि गर्ने भनिएको कक्षा ८ को नगरपालिका स्तरिय परिक्षा भने निर्धारित समय मै हुने बताईएको छ ।
