मछिन्द्र, महेशधर्म र भुवनेश्वरीमा अखिल (क्रान्तिकारी)

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ६, २०७८

धादिङ बैशाख ६ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले धादिङको धुनीबेसी नगरपालिका स्थित तीनवटा विद्यालयमा संगठन विस्तार गरेको छ ।

संगठन सुदृढ तथा विस्तार अभियान अन्तरगत अखिल (क्रान्तिकारी) धादिङले महेशधर्म माध्यमिक विद्यालयमा सागरको अध्यक्षतामा २१ सदस्यीय र भुवनेश्वरी माविमा कक्षा ९ र १० मा अमीर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय, कक्षा ११ र १२ मा बिनयको अध्यक्षतामा २३ सदस्यीय संगठन विस्तार गरिएको जिल्ला अध्यक्ष अर्पणले बताए ।

यस्तै धुनीबेसी कै अर्को मछिन्द्र बहुमुखी क्याम्पसमा कक्षा ९ र १० मा अमृतको अध्यक्षतामा २२ जना त कक्षा ११ र १२ मा महेन्द्रको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको जिल्ला अध्यक्ष अर्पणले बताए ।