
सन्दिप स्याम्जेन तामाङ
काठमाडौं बैशाख २ । दक्षिण भारतीय चर्चित चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक ‘नेपाली अर्जुन रेड्डी’ बन्ने भएपछि अभिनेता शेखर सुवेदीको चर्चा अग्रपंक्तिमा छ ।
यसकारण कि यसमा उनी शतप्रतिशत फिट हुने कुरामा नेपाली चलचित्र दर्शक विश्वस्त छन् । यही चलचित्रको मुख्य भूमिकामा आफूलाई स्थापित गराउन उनी लागिपरेका छन् ।
अभिनेता सुवेदी भन्छन्,ू फिल्मका लागि माग भएको जस्तो मेरो लुक्स, उमेर र अभिनय छ भन्ने मलाई लागेको छ र म यो अर्जुन रेड्डीको भूमिकाका लागि उपयुक्त छु भनेरै अडिसन दिएको हुँ ।ू उनले दक्षिण भारतीय कलाकारको जस्तो देखिने आफ्नो लुक्सले अझ बलियो दाबेदारका रुपमा पेश गर्ने विश्वास समेत व्यक्त गरे ।
निर्माण टिमले केही समयअघि मात्रै अडिसन सम्पन्न गरेको छ । अडिसनबाट मुख्य अभिनेता, अभिनेत्री र अन्य केही कलाकार छान्ने बताइएको छ ।
आशिष श्रेष्ठ र केशव खड्काले निर्माण गर्ने नेपाली रिमेक चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । सन्दीप रेड्डी भङगले निर्देशन गरेको तेलगू चलचित्र ‘अर्जुन रेड्डी’मा विजय देवरकोन्डाले अभिनय गरेका छन् ।