
धादिङ चैत्र २९ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा चैत्र २२ गते देखि सुरु भएको वाका कप अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको क्वाटर फाईनल सकिएको छ ।
छार वाका राहा युवा क्लव सेमजोङले आयोजना गरेको उक्त प्रतियोगितामा डबजोङ संरक्षण क्षेत्र युवा क्लव (टिम A) र ब्रदी युवा क्लब हिजै सेमिफाईनल पुगि सकेका थिए भने आज भएको दुई क्वारफाईनल खेलमा द राइजिङ किम्ताङ (टिम B) लाई पराजित गर्दै चौतारा युवा समाज (टिम B) र नागिन थान युवा क्लवलाई हराउँदै फलाटे युवा क्लव सेमिफार्यनल पुगेका छन् ।
सेमिफाईनल खेल चैत्र २९ गते हुने दिपक तामाङले जनाकारी दिनु भयो ।
प्रतियोगिताको प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार ५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

वाका कप समापन गर्न नेतृ पम्फा भुसाल सेमजोङ आउने
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।