धादिङ चैत्र २० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा हुने ११ औं वाका कप फुटबल प्रतियोगिता समापन गर्न माओवादी केन्द्रको स्थायी कमिटी सदस्य पम्फा भुसाल आउनुहुने भएको छ ।
छार वाका राहा युवा क्लब नेत्रावती डब्जोङले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता समापन गर्न नेतृ भुसाल बैशाख १ गते सेमजोङ आउन लाग्नु भएको आयोजक संस्थाका दिपक तामाङले जानकारी दिनु भयो ।
- वाका कपको लागि प्रकाश अधिकारीद्वारा १ लाख, ११ हजार १११ सहयोग
- वाका कपका लागि नुवाकोटका रन्ना तामाङले ५६ हजार ६६० सहयोग
- वाका कपका लागि गाेपाल गुरुङद्वारा ५५ हजार सहयाेग
प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको यस प्रतियोगिता संचालनको लागि सबै भन्दा धेरै सहयोग धुवाकोटका प्रकाश अधिकारीले व्यक्तिगत १ लाख, ११ हजार १११ रुपयाँ, नुवाकोटका रन्ना तामाङले ५६ हजार ६६० रुपयाँ र नेत्रावती डबजोङ ५ कटुन्जे निवासी गोपाल गुरुङले ५५ हजार ५ सय सहयोग गरेका छन् ।
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।