वाका कपका लागि गाेपाल गुरुङद्वारा ५५ हजार सहयाेग

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १४, २०७७

धादिङ चैत्र १४ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा चैत्र २१ गते बाट हुने ११ औ वाका कप फुटबल प्रतियोगिताको द्वितिय पुरस्कारको लागि गोपाल गुरुङले ५५ हजार ५ सय सहयाेग गर्नुभएकाे छ ।नेपाल आदिवासी जनजाति महासंघ बागमती प्रदेशका सचिव ; तमु ह्युल छोज धि ( गुरुङ राष्ट्रिय परिषद ) जिल्ला कार्य समितिको धादिङको अध्यक्ष तथा ने क पा माओबादी केन्द्र धादिङको पुर्व जिल्ला सदस्य समेत रहनु भएका (नेत्रावती डबजोङ ५ कटुन्जे निवासी) गुरुङले एघारौ वाका कप सफल बनाउन उक्त रकम आयोजक संस्था छार वाका राहा युवा क्लबको नाममा वाका कपको संस्थापक कोषाध्यक्ष दिपक तामाङ्लाई हस्तान्तरण गर्नु भएकाे हाे । यस प्रतियाेगिता सफल पार्न केही दिन अघि मात्रै धुवाकाेटका प्रकाश अधिकारी अधिकारीले व्यक्तिगत १ लाख, ११ हजार १११ रुपयाँ सहयोग गर्नु भएको थियाे । प्रतियाेगिता संचालन गर्न त्रिशुली समाज युएईद्वारा १५ हजार ७२०, छार वाका राहा युवा क्लवका सह सचिव बिसु तितुङ द्वारा ५ हजार ५५५, नेत्रावती डबजोङ ३ गैरा निवासी बेखम ब्लेन्देनले १५ हजार, राम गुरुङ (वाइबा) ११ हजार १११, राम वाइबा ११ हजार १११, पदम ब्लेन्देनले १० हजार, सन्त बहादुर तामाङले १० हजार, सुकलाल वाइवाले १० हजार, महिन्दो वाइवाले १० हजार, सुमन माम्बाले ५ हजार, सगर वाइवाले ५ हजार, कालु सिन्चुरीले ५ हजार सहयोग प्रदान गर्नु भएको आयोजकले जनाएको छ ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।

समुन्द्री सतहदेखि करिब २ हजार१५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।