
धादिङ चैत्र १७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका सेमजोङमा चैत्र २१ गते बाट हुने ११ औ वाका कप फुटबल प्रतियोगिता संचालनार्थ नुवाकोटका रन्ना तामाङले ५६ हजार ६६० सहयोग गर्नु भएको छ ।
छार वाका राहा युवा क्लबले आयोजना गर्ने ११ औ वाका कप प्रतियोगिता संचालनार्थ नुवाकोट म्यागाङ गाउपालिका ४ किम्ताङ निवासी युवा ब्यवासयी तथा समाजसेवी तामाङले सहयोग गर्नु भएको आयोजकले जनाएको हो ।
यस प्रतियोगिताको लागि सबै भन्दा ठुलो सहयोग धुवाकोटका प्रकाश अधिकारी अधिकारीले व्यक्तिगत १ लाख, ११ हजार १११ रुपयाँ र नेत्रावती डबजोङ ५ कटुन्जे निवासी गोपाल गुरुङले ५५ हजार ५ सय सहयोग गरेका छन् ।
अहिले सम्मका सहयोगीहरु
- धुवाकोटका प्रकाश अधिकारी, १ लाख ११ हजार १११
- नुवाकोट निवासी रन्ना तामाङ, ५६ हजार ६६०
- कटुन्जे निवासी गोपाल गुरुङ, ५५ हजार ५ सय
- त्रिशुली समाज युएई, १५ हजार ७२०
- सेमजोङ निवासी बेखम ब्लेन्देन, १५ हजार
- सेमजोङ निवासी राम गुरुङ (वाइबा), ११ हजार १११
- सेमजोङ निवासी पदम ब्लेन्देन, १० हजार
- सेमजोङ निवासी सन्त बहादुर तामाङ, १० हजार
- सेमजोङ निवासी सुकलाल वाइवा, १० हजार
- सेमजोङ निवासी महिन्दो वाइवा, १० हजार
- आयोजक क्लवका सह सचिव बिसु तितुङ, ५ हजार ५५५
- सेमजोङ निवासी सुमन माम्बा, ५ हजार
- सेमजोङ निवासी सगर वाइवा, ५ हजार
- सेमजोङ निवासी कालु सिन्चुरी, ५ हजार
यस प्रतियोगिताको प्रथम पुस्कार राशी १ लाख ११ हजार १११, द्धितिय पुस्कार५५ हजार ५५५, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोल किपर ३ हजार, उच्च गोल कर्ता ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।
समुन्द्री सतहदेखि करिब २ हजार१५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।
यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन गैराका युवाहरुको पहलमा २०६३ सालदेखि वाका कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।