धादिङबेसीमा नैतिक र चारित्रिक विकास सम्बन्धी तालिम सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २८, २०७७

धादिङ चैत्र २८ । विश्व शान्ती तथा एकीकृत परिवार संघ (FFWPU) धादिङको आयोजनामा व्यक्तित्व विकास नैतिक र चारित्रिक विकास सम्बन्धी तालिम सम्पन्न भएको छ ।

धादिङबेसीमा सम्पन्न उक्त तालिममा मानव जिम्मेवारी, स्वतन्त्रता, आत्मिक विकास र शान्ती शिक्षा लगायतका विषयमा धादिङ शाखाका प्रमुख दिपक सापकोटाले सहजिकरण गरेका थिए ।

तालिममा नीलकण्ठ, गणेश हिमाल र चिल्ड्रेनपार्कका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सहभागि विद्यार्थीहरुले दैनिक जिवनमा आउने विभिन्न समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी पाएको र आगामी दिनमा तालिममा सिकेका सिप ज्ञानलाई आफ्नो व्यवहारिक जिवनमा लागू गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।