गजुरी महोत्सवका लागि धमाधम स्टल बनाईदै

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ८, २०७७

धादिङ चैत्र ८ । धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र १२ देखि २४ गते सम्म हुने प्रथम गजुरी महोत्सवको लागि स्टल निमार्णको काम सुरुभएको छ ।

समग्र धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराकासाथ हुन लागेको उक्त महोत्सवको स्टल निमार्ण र खेल प्रदर्शनी उपकरणहरुको जडान अन्तिम तयारीमा पुगेको विद्यार्थी शाहले धादिङपोष्टलाई बताउनु भयो ।

१०० वटा बन्दा बढी व्यापारिक स्टल हुने उक्त महोत्सवमा हेलिकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका लोकल साईट सिन अवलोकनको लागि टिकट बुकिङ खुल्ला गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले जानकारी दिनु भयो ।

श्रेष्ठका अनुसार महोत्सवमा २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि गरिने छ । नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार पाउने बताईएको छ ।

आयोजकका अनुसार स्टल बुकिङ, हेलिकप्टरको टिकट बुकिङको लागि विद्यार्थी शाह र प्रकाश भण्डारीलाई सम्पर्क गर्न सकिने छ भने, नृत्य प्रतियोगिताको लागि गजुरी स्थित X-Stand Dance School मा फारम भर्न सकिने बताईएको छ ।